
काठमाडौं । गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
उक्त रिटको सुनुवाइ शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ।
यसअघि माघ ६ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटलाई अग्राधिकार दिँदै कारण देखाऊ आदेश जारी गरेको थियो । आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षधरले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिटमा माघ २ गते आयोगले गरेको निर्णय संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई कांग्रेसको आधिकारिक नेतृत्व मान्यता दिँदै पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा प्रयोग गर्ने अधिकार प्रदान गरेको थियो ।







प्रतिक्रिया