रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद

3.7k
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)बीच टेलिफोनमा कुराकानी भएको छ ।

उनीहरुबीच मोबाइल फोनमा बधाई सन्देशको आदान–प्रदान भएको जनाइएको छ । प्रचण्ड निकट स्रोतका अनुसार रास्वपा बरिष्ठ नेता बालेन शाहसँग चुनावपछिको कुनै भेटघाट वा कुराकानी भएको छैन।

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पहिलोपटक भेट भएका छन् । ओलीका बुवाको श्रद्धाञ्जली दिन प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए, त्यही क्रममा भेट भएको हो।

प्रचण्ड र कांग्रेस सभापति गगन थापाबीच भने चुनावपछि कुनै भेट वा संवाद भएको छैन।