ओलीका पिता मोहनप्रसादको निधनको खबरले देउवा दु:खि, समवेदना व्यक्त

112
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुबाको निधनमा समावेदना प्रकट गरेका छन् ।

स्वास्थ्य उपचारका लागि हाल सिंगापुरमा रहेका देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खवरले दुखि भएको उल्लेख गरेका छन् ।

‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खवरले दुखि भएको छु।
बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।