चुनावमा यी उम्मेदवारले खुवाए १० प्लेट चाउमिन, १२ प्लेट मम र १०० वटा खाना, भोट आयो १७ !

105
Shares

काठमाडौं । फागनु २१ को निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिएको छ र समानुपातिकको पनि अन्तिम चरणमा पुगेको छ ।

यससँगै उम्मेदवारहरूले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरूलाई खर्चको सीमा तोकेको छ ।

यसैबीच सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रक्षकुमार राइले खर्च विवरण बुझाएका छन् । मितेरी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका राईले चुनावमा ४० हजार ७४० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।

उनले चाउमिन १० प्लेट, मम १२ प्लेट, पानी १ वटा, कोक ५ वटा स्टिम मम २० वटा जुस १० वटा खाना १०० वटा र पेट्रोल ५० लिटर बराबरको उक्त रकम खर्च भएको विवरण बुझाएका छन् ।

उनी उम्मेदवार रहेको सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनले ३५ हजार ७४१ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रास्वपा गोपाल तामाङले २७ हजार २४९ मत पाए ।

निर्वाचनमा ४० हजार ७४० रुपैयाँ खर्च गरेका रक्षकुमारले भने १७ भोट मात्र पाएका छन् ।