सम्पूर्ण अपडेट

रास्वपाका विपीनले चुनावमा गरे १६ लाख २९ हजार खर्च, केमा कति ?

35
Shares

काठमाडौं । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीनकुमार आचार्यले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन सम्पन्न भएको एक हप्ता नबित्दै उनले मंगलबार आयोगमा खर्च विवरण पेश गरेका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै भारी मतका साथ विजयी बनेका आचार्यले निर्वाचनमा कुल १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । यो रकम निर्वाचन आयोगले तोकेको अधिकतम खर्च सीमाभन्दा कम हो ।

आचार्यले सातवटा विभिन्न शीर्षकमा खर्च भएको उल्लेख गरेका छन् । उनले बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्रीमा भएको छ ।

यस्तो छ खर्चको विवरण:

प्रचारप्रसार सामग्री: ४ लाख ३५ हजार १२५ रुपैयाँ
सवारी साधन/ढुवानी: ३ लाख ५९ हजार ३५० रुपैयाँ
गोष्ठी, अन्तरक्रिया तथा सभा: २ लाख १४ हजार ५५ रुपैयाँ
छापा तथा विद्युतीय माध्यम (विज्ञापन): २ लाख रुपैयाँ
कार्यालय सञ्चालन: १ लाख ९७ हजार ३०० रुपैयाँ
प्रतिनिधि तथा स्वयंसेवक परिचालन: १ लाख ८९ हजार ६८० रुपैयाँ