
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उज्ज्वल कुमार झा ३२ हजार ४ सय ५१ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवानले जम्मा ५ हजार ९ सय ६९ मत ल्याए ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र सांसद राम आधार कापरले ४ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया