
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह भारी मतान्तरका साथ विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार, साह ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५ सय ५२ मतको विशाल अन्तरले पराजित गरे । श्रेष्ठले १३ हजार ३ सय ३८ मत मात्र प्राप्त गरे ।
त्यसैगरी, चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका विनोद खनालले ६ हजार ६ सय २४ मत प्राप्त गरे भने यस क्षेत्रका निवर्तमान सांसद एवं पूर्व रक्षामन्त्री हरि उप्रेती ५ हजार ७ सय ७६ मतमा खुम्चिएका छन् ।








प्रतिक्रिया