
काठमाडौं । कपिलवस्तु जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ भने एक क्षेत्रमा नेपाली कांग्रेसले जीत हात पारेको छ।
कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहनलाल आचार्य ३४ हजार १४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मा ले १५ हजार ८६० मत प्राप्त गरेका छन्।
यस्तै, कपिलवस्तु क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापा विजयी भएका छन्। उनले २७ हजार ६३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ले २१ हजार ५२७ मत प्राप्त गरेका छन्। थापाले ६ हजार १०८ मतान्तरले जीत हासिल गरेका हुन्।
त्यसैगरी, कपिलवस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन्। शाहले २३ हजार ५३५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरिया ले १८ हजार ८९० मत प्राप्त गरेका छन्। शाहले ४ हजार ६४५ मतान्तरले विजय हासिल गरेका हुन्।
यससँगै कपिलवस्तुका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








प्रतिक्रिया