सम्पूर्ण अपडेट

पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी

63
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उनले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका छन् ।

यस क्षेत्रमा कांग्रेसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे ।