देशभर ६० प्रतिशत मतदान: निर्वाचन आयोग

१५ हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपेटीका ढुवानी हुने

112
Shares

काठमाडौं । बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनपछि पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको र विस्तृत विवरण संकलन भइरहेको बताए ।

मतदानको लागि तोकिएको समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले केही मतदान केन्द्रमा मतदान गरीरहेको उनले बताए ।

छिटपुट बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको उनले बताए । मतदान सम्पन्न भएसँगै मतपेटीका सुरक्षित रुपमा संकलन भएसँगै मतगणान तत्काल सुरु हुने उनको भनाइ छ । दुगर्म १५ जिल्लामा मतपेटीका हेलिकोप्टरमार्फत ढुवानी हुने उनले बताए ।

ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पुर्ण मतपेटीका हेलिकोप्टर मार्फत आजै सम्बन्धी मतगणना स्थलमा पुर्याइने उनले बताए । यस्तै संखुवासभा, सोलुखुम्बु, पश्चिम रुकुम, गोरखा, मनाङ बाजुर र हुम्लामा शुक्रबार बिहान मात्रै हेलिकोप्टर मार्फत मतपेटीका मतगणना स्थलमा ढुवानी गरीने उनले बताए ।