खमेनीको उत्तराधिकारी चयन प्रक्रिया सुरु भइसकेको दाबी

210
Shares

एजेन्सी । इरानका सुरक्षा प्रमुख अली लारिजानीले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछिको सत्ता हस्तान्तरण प्रक्रिया आइतबारदेखि सुरु हुने बताएका छन् ।

‘चाँडै एउटा अन्तरिम नेतृत्व परिषद् गठन गरिनेछ । अर्को नेताको निर्वाचन नभएसम्म राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक न्यायविद् (धर्मशास्त्री) ले जिम्मेवारी सम्हाल्नेछन्,’ इरानको शीर्ष सुरक्षा निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख लारिजानीले भने । उनी खमेनीका सल्लाहकार समेत थिए ।

सरकारी टेलिभिजनद्वारा प्रसारित एक अन्तर्वार्तामा उनले भने, ‘यो परिषद् यथाशक्य चाँडो स्थापना गरिनेछ । हामी आजै यसलाई गठन गर्ने गरी काम गरिरहेका छौं ।’

Skip This