
काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा हुम्लाको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा हुम्लाबाट तत्कालीन नेकपा माओवादीका छिरिङ डम्डुल लामा १४ हजार ३७१ मतका साथ विजयी भएका थिए।
उनले नेकपा एमालेका दल रावललाई ४ हजार ८०१ मतले पराजित गरेका थिए । रावल ९७१६ मत ल्याउदै दोस्रो बनेका थिए । अहिले यस क्षेत्रमा रास्वापाकी टासी ल्हाञ्जोमसँग नेपाली कांग्रेसका जयपति रोकाया, एमालेका दल फडेरा, नेकपा (नेकपा) का दीपेन्द्र रोकाया प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले सबैभन्दा बढी ८ हजार १९२ मत ल्याएको थियो । त्यस्तै नेकपा माोवादीले ७ हजार ३६३ नेकपा एमालेले ५ हजार ९०७ मत ल्याउदा एमालेले रास्वपाले १७१ मत मात्र ल्याएको थियो ।
पछिल्लो समय मतदाताहरुको नयाँ दल प्रति बढेको आकर्षण र पुरानो दल प्रतिको विश्वास मा कस्ले जित्छ ? त्यो भने फागुन २१ को मतदान पश्चात मात्र थाहा हुनेछ।










प्रतिक्रिया