क्यान अध्यक्ष चतुरबहादुर कांग्रेसबाट उम्मेदवार बनेको बैतडीमा, ०७९ मा कसको समानुपातिक मत कति ?

329
Shares

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीको परिदृश्य अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक देखिन्छ । यहाँ नेपाली कांग्रेसबाट नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र नेकपा एमालेबाट पूर्वउद्योग मन्त्री दामोदर भण्डारी चुनावी मैदानमा उत्रिएका छन् ।

२०७९ मा यहाँबाट भण्डारी ३३ हजार ६११ भोट ल्याएर विजयी हुँदा कांग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नरेन्द्र बहादुर कुँवरले ३२ हजार ८० मतका साथ दोस्रो भएका थिए ।

उक्त चुनावमा समानुपातिकतर्फ पनि एमाले नै पहिलो बनेको थियो । उसले २९ हजार ४० भोट पाउँदा कांग्रेस २४ हजार ५०० भोटसहित दोस्रो र ११ हजार ४० भोटसहित माओवादी तेस्रो भएको थियो । रास्वपाले भने समानुपातिकमा २२५० मत पाएको थियो ।

बैतडीमा एमालेको बलियो साङ्गठनिक पकड, कांग्रेसको बलियो मत आधार र नयाँ शक्तिहरूको उदयका कारण आगामी चुनावी टक्कर मुख्य आकर्षण बन्नेछ । यहाँ कुल ७७ हजार ४६० मतदाता छन् ।

बैतडीमा चतुरबहादुर र दामोदरसहित नेपाली कम्युनिस्ट पार्टीबाट प्रमानन्द भट्ट, रास्वपाबाट हरिमोहन भण्डारी लगायत उम्मेदवार छन्।

Skip This