
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका समयमा मुलुकको सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका पृथ्वी सुब्बा गुरुङको निर्वाचन क्षेत्र यस पटक पनि चर्चामा छ ।
२०७९ निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङ यसअघिका गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत हुन् ।मुख्यमन्त्री हुँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सञ्चार मन्त्री र सरकारको प्रवक्ता समेतको जिम्मेवारी सम्हालेका गुरुङ आगामी निर्वाचनका लागि पनि लमजुङ–१ बाट नै उम्मेदवार बनेर मत मागिरहेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका पृथ्वी सुब्बा गुरुङले ३४ हजार ९८५ मत प्राप्त गरेर विजयी हुँदा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७९१ मत, रास्वपाका धर्मराज केसीले ९ हजार ३३ मत र राप्रपाका बालचन्द्र श्रेष्ठले १ हजार १३१ मत प्राप्त गरेका थिए ।
२०७९ मा समानुपातिकतर्फ एमालेले ३१ हजार १७८, कांग्रेसले २७ हजार ७९६, रास्वपाले ८ हजार २१७ र नेकपा माओवादी केन्द्रले ६ हजार ४८३ मत प्राप्त गरेका थिए ।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नेपाल एमालेका तर्फबाट पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका तर्फबाट गमप्रसाद गुरुङ, रास्वपाका तर्फबाट धर्मराज केसी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट हरिजंग तामाङ र राप्रपाका तर्फबाट कबिन्द्रजंग गुरुङ प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया