
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ लगातार दोस्रो पटक चुनाव जित्ने रणनीति सहित प्रतिस्पर्धामा उत्रिएक छन् ।
विराजभक्त श्रेष्ठसँग नेपाली कांग्रेसकी सपना राजभण्डारी, नेकपा एमालेका राजेश शाक्य र नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीसहित २२ जना प्रतिस्पर्धामा छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा नै तत्कालीन विवेकशील नेपाली पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ २०७९ मा प्रतिनीधिसभा समस्यामा र्निाचित भएसँगै छोटो समयको लागि युवा तथा खुलेकुद मन्त्री पनि बनेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाबाट लगातार दोस्रो जित निकाल्ने प्रयासमा रहेको श्रेष्ठलाई २०७९ को निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट चुनाव लडेर चुनौती दिएका सुनम सायमीले यसपटक पनि चुनौती बन्नसकने सम्भावना देखिएको छ ।
२०७९ को निर्वाचनमा विराजभक्त १० हजार ११२ भोट ल्याएर विजयी हुँदा यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट उमदवार रहेका सायमीले ६१७९ मतसहित टक्कर दिएका थिए । यस्तै नेपाली कांग्रेस सहितको ५ दलिय गठबन्धनबाट चुनाव लडेका तत्कालीन नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८८१ मत सहित तेस्रो भएका थिए ।
समानुपातिकतर्फ रास्वपाले सर्वाधिक ८ हजार १०४ मत ल्याउँदा लौरो चुना चिह्न रहेको हाम्रो नेपाली पार्टीले ५ हजार २३ मतसहित दोस्रो भएको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ४ हजार ९५५ मतसहित तेस्रो हुँदा नेपाली कांग्रेस ४ हजार ८०७ मतसहित चौथो स्थानमा थियो । नेकपा एमाले २०७९ मा ४ हजार ५५ मतसहित पाँचौ स्थानमा थियो । एकीकृत समाजवादीले ११६९ र माओवादी केन्द्रले ५०९ मत पाएको थियो ।
यसपटक पनि रास्वपाका विराजभक्त श्रेष्ठ, नेकपाका सुमन सायमी, नेपाली कांग्रेसकी सपना राजभण्डारी र नेकपा एमालेका राजेश शाक्य नै उक्त क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रुपमा छन् ।








प्रतिक्रिया