डोटीबाट कैलाली-५ झरेका प्रेम आलेले के गर्लान्, क-कसको प्रतिस्पर्धा ?

0
Shares

काठमाडौं । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेस र माओवादी गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त विजयी भएका थिए । उनले २१ सय ३९२ मत प्राप्त गर्दै नेकपा एमालेका नारदमुनि रानालाई पराजित गरेका थिए । रानाले २० हजार ३१८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३४९ भोट पाएका थिए ।

सूदुरपश्चिमको मुख्य व्यापारिक केन्द्र धनगढी रहेको यो निर्वाचन क्षेत्रमा पुरानो राजनीतिक विरासत र नयाँ शक्तिको उदयबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यसपाली नेपाली कम्युनिष्ट पार्टीका प्रेम आले यहीँबाट उठेका छन् । सूदुरपश्चिमको राजनीतिमा पूर्व पर्यटनमन्त्री आले चर्चित नाम हो । एमाले होस् वा नेकपा एकीकृत समाजवादी जसले टिकट दिए पनि चुनाव जित्ने आले डोटीबाट धनगढी झरेका हुन् ।

यहाँ कांग्रेसबाट नरनारायण शाह, एमालेबाट यज्ञराज ढुंगाना र रास्वपाबाट आनन्द चन्द उम्मेदवार छन् ।

समानुपातिक मत हेर्ने हो भने २०७९ को निर्वाचनमा कांग्रेस १५ हजार ६१७ भोटसहित पहिलो बन्दा एमाले १४ सय ३२१ भोटसहित दोस्रो बनेको थियो । नागरिक उन्मुक्ति पार्टीले ११ हजार ६१७ मत पाउँदा राप्रपाले ६ हजारभन्दा बढी, माओवादीले करिब ६ हजार र रास्वपाले साढे ४ हजार मत ल्याएका थिए ।

जेनजी आन्दोलनपछि पहिलो पटक निर्वाचन हुन लागेकोले कुन उम्मेदवारको अवस्था के हुन्छ भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको मतदाता बताउँछन् । यस क्षेत्रमा पुराना भनिएका राजनीतिक दल र रास्वपाबीच प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।