नेपालमा बढ्दो वायु प्रदूषणप्रति ब्ल्याकंडेकरको ध्यानाकर्षण : स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

35
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ। विशेषगरी हिउँदे सुख्खायामको यस समयमा वायु गुणस्तर सूचकाङ्क निरन्तर ‘अस्वस्थकर’ स्तर (१५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याकं डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।

ूसिजी इलेक्ट्रोनिक्स सधैं आफ्ना ग्राहकहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ। बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि, हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ,’ सिजी इलेक्ट्रोनिक्सका आधिकारिक प्रवक्ताले बताए । नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याकंडेकरको एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौं।’

बाहिरको प्रदूषित हावा र पीएम जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन । यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याकंडेकरको एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३–चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत तपाईंले फेर्ने हरेक सासमा शुद्धता र ताजगी सुनिश्चित गर्छ। यसमा जडान गरिएको विशेष ३(चरणको सुरक्षा प्रणाली यस प्रकार छः

प्रि-फिल्टरस् यसले धुलो, कपाल र घरपालुवा जनावरको रौँ जस्ता ठूला कणहरूलाई कैद गर्छ। यसले भित्र रहेका गहिरा फिल्टरहरूलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु बढाउन मद्दत गर्छ।

हेपा १३ फिल्टरस् यो एउटा ुट्रु हेपाु फिल्टर हो जसले हावामा रहेका ०.३ माइक्रोनसम्मका ९९.९७ सूक्ष्म कणहरू (जस्तैः परागकण, धुवाँ, मसिनो धुलो र एलर्जी गराउने तत्वहरू)लाई सोस्ने क्षमता राख्छ।

एक्टिभेटेड कार्बन फिल्टरः यसले दुर्गन्ध र हानिकारक भोलाटाइल अर्गानिक कम्पाउन्डलाई सोस्छ।

बढ्दो प्रदूषणको यस समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न अनुरोध गर्दछ। ग्राहकको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर ल्याइएका ब्ल्याकंडेकरका एयर प्युरिफायरहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका शोरुमहरू र आधिकारिक विक्रेताहरूमार्फत सहजै उपलब्ध छन्।