
गोरखा । पाँचतारे डिलक्स होटल सोल्टी होटेल्स् एण्ड रिसोर्टसको व्यवस्थापनमा मनकामना क्षेत्रमा विलासितायुक्त लक्जरी रिसोर्ट ‘मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको छ। मनकामना मन्दिरबाट ३०० मिटरको दूरीमा रहेको यो रिसोर्ट नेपालको एकमात्रै अन्तर्राष्ट्रिय चेन होटल सोल्टीले सोल्टी वेस्टेण्ड रिसोर्टको स्वामित्वको मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हो । सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना ब्रान्डमा यो रिसोर्टको व्यवस्थापन गरेर सन्चालनमा आएको छ ।
१०० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट भौतिक सुबिधा सम्पन्न अत्याधुनिक आन्तरिक साजसज्जाबाट सुसज्जीत ५१ कोठा छ । रिसोर्टमा ३ हजार २०० वर्गफिटको अत्याधुनिक सुविधा सम्पन्न ब्याङ्कवेट हल, ५५ वर्ग मिटरको बैठक कक्ष, दृश्यावलोकन सहितको खुला स्विमिङ पूल, दिनभरि खुला रहने रेस्टुरेन्ट, लबी बार छन् ।
२४ घण्टा पाहुना कोठामा व्यन्जन सेवा सुबिधा, पूलसाइड सेवा सुविधाहरू, टेरेस, होटेलको अग्रभागमा सुन्दर बगैँचा तथा प्रतिष्ठित हिलटप रिट्रिट पाँच तारे स्तरको सेवा सुबिधसहितको लक्जरी रिसोर्टको बुधबार उद्घाटन भएको सोल्टीले जानकारी दिएको छ ।
सोल्टीले चेन होटल विस्तारको क्रममा सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना सञ्चालनमा आएको हो । यो रिसोर्ट सञ्चालनमा आएसँगै सोल्टी ब्रान्डको विस्तार रणनीतिमा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना क्षेत्रमा अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डसहितको पर्यटकीय सेवा उपलब्ध हुने पनि होटलको भनाइ छ ।
सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना धार्मिक तथा आध्यात्मिक पर्यटक तीर्थयात्रीहरू, छुट्टी मनाउन भ्रमण यर्ने पर्यटकहरू, व्यवसायिक रुपमा भ्रमण गर्ने कर्पोरेट यात्रुहरू, सभा समारोह तथा बैठकमा सहभागिता जनाउने उपयुक्त गन्तव्य हुने पनि सोल्टी होटलको बुझाइ छ । परिवारिक जमघटका लागि उपयुक्त गन्तब्यका रुपमा डिजाइन गरि सोल्टी वेस्टेण्ड रिसोर्ट सञ्चालनमा आएको सोल्टोको भनाइ छ ।

सोल्टी वेस्टेण्ड रिसोर्ट सबै प्रकारका पर्यटकहरुलाई उपयुक्त हुने गरी परिष्कृत अतिथिगृहका रुपमा उत्कृष्ट र विलासितापूर्ण अनुभव प्राप्त गर्न सकिने गन्तब्यको रुपमा सञ्चालन हुँदैछ ।
शान्त र मनमोहक पर्वतीय श्रृंखलाबद्ध पहाडहरूको बीचमा अवस्थित रहको मनोरम हिमाली दृश्यहरू प्रदान गर्ने सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामनामा अत्याधुनिक सुबिधा सम्पन्न पाहुना कोठाहरु सहितको समकालीन नेपाली आतिथ्य सुविधाहरुको समिश्रण रहेको पनि होटलले जानकारी दिएको छ । यो होटेलले धार्मिक र आध्यात्मिक निकटतासँगै आधुनिक सुविधाहरु सहितका सेवाको अनुभव सहित शान्त वातावरण प्रदान गर्छ ।
सोल्टी वेस्टेण्ड रिसोर्टमा सुन्दरतापूर्वक सुसज्जित आकर्षक पाहुना कोठाहरू र विशिष्ट अतिथिहरुका लागि निर्मित सुइटहरू रहेका छन्, जसबाट मनकामना मन्दिर सेरोफेरो र वरपरको पर्वतीय ग्रामीण दृश्यको अविश्मरणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वदेशी तथा विदेशी स्वादिष्ट भोजनको अनुभवका लागि अलडे रेस्टुरेन्ट, स्टाईलिस लबी बार, २४ घण्टा इनरूम डाइनिङ र पूलसाइड सेवाहरु उपलब्ध छन् ।
यो रिसोर्टले विभिन्न सभा, सम्मेलन, प्रितिभोज समारोह, गन्तव्य विवाहत्सव, बैठक कार्यक्रम, तथा जमघटहरूका लागि अत्याधुनिक सुविधा सम्पन्न विशाल ब्याङ्कवेट हल, बैठक कक्षहरु, दृश्यात्मक टेरेस र सुन्दर ल्याण्डस्केप गरिएको खुला बगैँचा रहेका छन, जसले धार्मिक समारोह, विवाह उत्सव, व्यवसायिक बैठकहरू, रिट्रिटहरू र सामाजिक अवसरहरूका लागि आदर्श गन्तव्य प्रदान गर्दछ ।
अतिथिहरूले पूर्ण सुसज्जित फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बेबी पूल भएको स्वीमिङ पूल, बालबालिकाको क्षेत्र, जगिङ ट्र्याक र सौन्दर्यताले भरपिूर्ण प्राकृतिक दृश्यावलकन सहित हिँडाइहरूको आनन्द लिन सक्नेछन्, जसले आधुनिक पर्यटक यात्रुहरूका लागि समग्र रिट्रिट प्रदान गर्र्नेछ ।
नेपालको एकमात्र स्वदेशी पाँच तारे होटेल चेनको रूपमा, सोल्टी होटेल्स् एण्ड रिसोर्टस आफ्नो गहन नेपालीपन र अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डहरु कायम राख्न सफल भएकोमा गौरव गर्दछ ।
सोल्टी होटेल्स् एण्ड रिसोर्टसको सोल्टी हेरिटेज क्लब सञ्चालित रहेकोछ जसले सोल्टी ब्रान्डको विशेष लोयल्टी कार्यक्रमको माध्यमबाट आफ्ना अतिथि पाहुनाहरूलाई विशिष्ट सेवा सुविधाहरु, अतिथिहरुमा आधारित व्यक्तिगत सेवाहरू र विस्तारित पोर्टफोलियोमा विशेष अनुभवहरूसँग पुरस्कृत गर्दै सुविधाहरु प्रदान गर्ने गर्दछ ।








प्रतिक्रिया