खाद्य विभागद्वारा ग्लुको फ्रेस ब्राण्डको ग्लुकोज डी उत्पादन रोक्का

70
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादन अनुमति वेगर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा एक उद्योगको उत्पादनमा रोक लगाएको छ ।

चन्द्रागिरी १५ स्थित एलजी ग्लुकोज प्याकेजिङ्ग उद्योगले उत्पादन पूर्व विभागबाट अनुमति नलिएकाले उक्त उद्योगबाट उत्पादित ४ सय किलो ग्लुकोजको बिक्री बितरणमा रोक लगाएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन ।

उक्त उद्योगबाट ग्लुको फ्रेस ब्राण्डमा ग्लुकोज डी नामबाट ग्लुकोज उत्पादन गरी बजारमा बिक्री बितरण भइरहेको थियो ।