
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिरमा विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको भजन–कीर्तन उत्सवको आयोजना गरिएको छ ।
उत्सवको लागि मन्दिरको साजसज्जासहित सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ ।
आइतबार महाशिवरात्रिमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महाआरती लगायतका धार्मिक कार्यक्रमहरू त्यहाँ आयोजना हुने भएको छ ।
कार्यक्रममा सहभागी भएर भक्तहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।








प्रतिक्रिया