
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई आगामी ५ दिनभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आायोगले सबै राजनीतिक दललाई मंगलबार एक निर्देशन जारी गर्दै आगामी फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र अर्थात चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको हो।
आयोगको मंगलबार बसेको बैठकले तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ। २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।








प्रतिक्रिया