नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज, १८ परीक्षणमा ३०% छुट


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ ।

नर्भिकले भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो ।

जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे,युएसजी, इसीजी, इको, टिएमटी र चिकित्सकको परामर्श सहितको १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ । यो विशष प्याकेज फागुन १० गतेसम्म लागु हुने अस्पतालले जनाएको छ ।