
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) ले उद्योग कलकारखाना मुलुकको मेरुदण्ड भएको बताएका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा आज बिहान उदयपुर पुगेका बालेनले उद्योगको विकासले मुलुकभित्र रोजगारीको अवसर सिर्जना मात्रै नभएर राष्ट्रिय आय बढाउन ठूलो सहयोग गर्दैआएको बताएका छन् ।
उदयपुरस्थित उदयपुर सिमेन्ट कारखाना लिमिटेडको मुख्य गेटमा तस्विर खिंचाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले उद्योग कलकारखानाले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने गरेकाले उदयपुर सिमेन्टजस्ता उद्योगको राज्यले संरक्षण र सम्बद्र्धन गर्नुपर्ने औल्याएका छन् ।









प्रतिक्रिया