काठमाडौंमै इन्जिन फेल भएको टर्किसको जहाज कलकत्तामा सकुसल अवतरण


काठमाडौं । काठमाडौं विमानस्थलमा उड्ने वित्तिकै दायाँ इन्जिन फेल भएको टर्किस एयरलाइन्सको जहाज कलकत्तामा सकुसल अवतरण गरेको छ । टर्किसको टीके७२७ ए ३३३ उडान नम्बरको उक्त जहाजमा उड्ने बितिक्ककै आगो देखिएको थियो ।

काठमाडौैंबाट बुधबार दिउँसो १ बजेर १९ मिनेटमा टर्कीको इस्तानबुलको लागि उडेको उक्त जहाज उडाइ लिने क्रममै (करिब २ मिनेट)मै दायाँ इन्जिनमा आगो लागेको थियो । उक्त जहाजले केही समय होल्डल गरेर भारतको कलकत्ता डाइभर्ट भएको थियो ।

जहाजका चालक दलले एउटा इन्जिन ठीक भएकोले कलकत्ता जान सक्ने भन्दै उता गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार टर्किसको जहाज ३ बजे कलकत्ता पुगेर अवतरण गरिसकेको छ ।

उक्त जहाजमा २२५ यात्रु र चालक दलका ११ सदस्य गरी जम्मा २३६ यात्रु रहेको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार टर्किसले काठमाडौंबाट उडिसकेको र जहाज कलकत्ता पुग्न सक्ने निर्णय गर्दै चालक दलले उतै गएर मर्मत गर्ने निर्णय गरेका हुन ।

समयको हिसावले काठमाडौं नै डाइभर्ट हुनुपर्ने भएपनि सुविधा र सेवा तथा सहजताको हिसावले कलकत्ता लागेकोले उतै गएको हुनसक्ने अनुमान उनको छ ।

Skip This