डोजर, स्काभेटर लगायत बेच्ने स्पार्क अटोमोटिभ्सले एक वर्षमा कतिको गर्‍यो व्यापार ?


काठमाडौं । स्पार्क अटामोटिभ्स प्रालिले एकै वर्ष साढे ८० करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ८० करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१९ मा स्थापना भएको कम्पनीले निर्माण क्षेत्रमा प्रयोग हुने गाडी आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हेभी, मिडियम र लाइट कमर्सियल सवारीसाधन आयात गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ ।

कम्पनीले उक्त सवारी साधन चीनबाट आयात गर्ने गरेको जनाएको छ । कम्पनीले बीटुबी र बीटुजीमार्फत् बिक्री वितरण गर्दै आएको हो ।

स्पार्क ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।