आईपीओ जारी गर्न लागेको हुलास फिनसर्भको नाफा ९९.३३ प्रतिशतले बढ्यो


काठमाडौं । गोल्छा ग्रुपको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १३ करोड ४४ लाख ३९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले उक्त नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ७४ लाख ४५ हजार रुपैयाँ मात्रै नाफा कमाएको कम्पनीको नाफा ९९.३३ प्रतिशतले बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा वृद्धि हुँदा कम्पनीको नाफामा उच्च वृद्धि भएको हो ।

खुद ब्याज आम्दानी ८ करोड ४६ लाख ८ हजार रुपैयाँबाट बढेर २० करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यस्तै फि तथा कमीसन आम्दानी १९ करोड ८० लाख ८६ हजार रुपैयाँबाट बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ४ करोड ९८ लाख ४६ लाख रुपैयाँबाट बढेर ६ करोड १० लाख ९६ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २५ पैसाबाट बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ । ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ४५ करोड ५० लाख ८८ हजार रुपैयाँबाट बढेर ५६ करोड २६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको साधारण जगेडा कोषमा २० करोड ४१ लाख ४५ हजार रुपैयाँबाट २३ करोड १० लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसाबाट बढेर १९५ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा ४.६८ प्रतिशतबाट केही घटेर ३.०५ प्रतिशतमा झरेको छ । त्यस्तै कोषको लागत ७.५८ प्रतिशतबाट बढेर ६.०३ प्रतिशतमा झरेको छ । त्यस्तै ब्याजदर अन्तर ०.९९ प्रतिशतबाट बढेर २.७५ प्रतिशत बनेको छ ।

कम्पनीले ७ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

Skip This