
काठमाडौं । गोकर्ण फरेष्ट रिसोर्टले एकै वषए ४५ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४५ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ४२ करोड रुपैयाँ, सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९ प्रतिशतले कारोबार बढेको छ । कम्पनीले विगत तीन वर्षदेखि लागातार १० प्रतिशतले कारोबार वृद्धि गरेको जनाएको छ । रिसोर्ट गत आवमा ४५ प्रतिहत अकुपेन्सी क्षमतामा सञ्चालन भएको थियो ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले एक सय काठोको सुविधाका साथ बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको छ । रिसोर्ट ४ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
गोकर्णले गल्फ सर्भिस, हर्स राइड, फरेष्ट वाल्कजस्ता सेवा दिँदै आएको छ । यति ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६६ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले रिसोर्टमा लगानी थप गरी गोकर्ण रिसोर्ट इन्टरनेशनल सेन्टर निर्माण गरिरहेको छ । उक्त सेन्टरको हालसम्ममा ५२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।










प्रतिक्रिया