
सिराहा । सिराहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।
अज्ञात समूहले गोली प्रहार गरी सिराहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।
सिराहा नगरपालिका ७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । ट्रयाक्टरको सहयोगमा आफ्नै खेत जोतिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।
अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।








प्रतिक्रिया