कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना


काठमाडौं । हाल तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात रवर्षाको सम्भावना रहेको छ ।