
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको २०८२/८३ को ६ महिनामा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने बैंकले ३ अर्ब ५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आवको दोस्रो त्रैमाससम्ममा ८ अर्ब २९ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ३.३२ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख रुपैयाँ सीमित भएको छ ।
चालु आवको पुससम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९.७३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो आम्दानी १ अर्ब ६० करोड ४ लाख रुपैयाँ थियो।
यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम २ अर्ब २० करोड ३७ लाख रुपैयाँबाट बढेर चालु आवमा २ अर्ब ४३ करोड १ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा १.६८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो मुनाफा ४ अर्ब २० करोड ४२ लाख रुपैयाँ थियो ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा १६.०२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा आईपुग्दा बढेर १७.०६ रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्मको बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।
चालु आर्थिक वर्षको छ महिनाको बैंकको वितरणयोग्य नाफा १ अर्ब ४२ करोड १० लाख रुपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ३४ करोड १ लाख रुपैयाँ नियामकीय कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकको निक्षेप ६ खर्ब ५ अर्ब ८८ करोड र कर्जा ४ खर्ब ३२ अर्ब ९६ कराेड रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ४.८६ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा भने ४.९१ प्रतिशत कायम भएको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.७१ प्रतिशत र त्रैमासको औसत आधार दर ५.१६ प्रतिशत छ ।








प्रतिक्रिया