
काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती चलाऊ, वर्ल्ड कप जाऊ सार्वजनिक गरेको छ ।
खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो ।
नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्दैछ ।
सहभागिता प्रक्रियाः ११ राष्ट्रिय खेलाडीको कार्ड संकलन गर्नुहोस्
यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक गेमिफाइड अनुभव प्रस्तुत गरेको छ । प्रयोगकर्ताहरूले केवल कारोबार मात्र गर्ने छैनन्, बरु आफ्नै डिजिटल टिम निर्माण गर्नेछन्ः
● खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन् ।
● प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ ।
● बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्नेछ ।
हरेक माइलस्टोनमा पुरस्कारयो
अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्ः
● निश्चित उपहारः २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्नेछन्।
● पाक्षिक पुरस्कारः ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू स्मार्टफोन जित्न सक्नेछन् ।
● बम्पर पुरस्कारः११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन् ।








प्रतिक्रिया