सुनको मूल्य अहिलेसम्मकै महँगो, ९५ सयले बढ्दा कति पुग्यो ?


काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।

मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबमा आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको हो ।

आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।