आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो बन्दा कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलाको ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको चाँदी १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।