
दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन् । बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन् । ओलीले मंगलबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
ओली सोमबार नै झापा पुगेका थिए भने बालेन शाह जनकपुरमा आयोजित कार्यक्रम सम्पन्न गरेर मंगलबार मात्रै झापा आइपुगेका हुन् । बालेनले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी सार्वजनिक गरेका छन् ।
झापा–५ मा दुई प्रभावशाली नेताबीचको प्रत्यक्ष प्रतिस्पर्धाले चुनावी माहोल थप चर्किएको छ। दुवै नेताको उम्मेदवारी दर्तासँगै यस क्षेत्रमा राजनीतिक गतिविधि अझ तीव्र हुने देखिएको छ।








प्रतिक्रिया