
सिन्धुपाल्चोक । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नं. २ बाट वंशलाल तामाङलाई उम्मेदवार बनाएको हो ।
तामाङ इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहिसकेका छन् । क्षेत्र नं. १ मा यसअघि पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम चर्चामा आए पनि अन्तिम समयमा उनको उम्मेदवारी काटिएको हो ।
बस्नेत अघिल्लो निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी पार्टीमा शेरबहादुर देउवा पक्षधर हुन् । विशेष महाधिवेशनमा गगन थापा निर्वाचित भएसँगै बस्नेतले टिकट नपाएका हुन् ।








प्रतिक्रिया