
काठमाडौं । डडेलधुरामा नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् ।
यसपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नलड्ने निर्णय गरेपछि महरलाई टिकट दिइएको हो ।
कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
महर कांग्रेसमा देउवा पक्षका नेता हुन् । उनी नेविसंघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहिसकेका छन् भने हाल कांग्रेसका निरवर्तमान केन्द्रीय सदस्य हुन् ।
वि.सं. २०४८ सालदेखि डडेलधुरामा कांग्रेसको उम्मेदवार लगातार शेरबहादुर देउवा नै रहँदै आएका थिए र उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको हो ।
विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि गगन थापा पार्टी नेतृत्वमा आएपछि देउवा उम्मेदवार नबन्ने भएका हुन् ।








प्रतिक्रिया