सञ्चारमन्त्री खरेलले राजीनामा दिँदै, ललितपुर २ बाट चुनाव लड्ने


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले राजीनामा दिने भएका छन । उनले साढे ५ बजे राजीनामा घोषणा गर्ने भएका छन् । उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर राजीनामा गर्ने खरेलको सचिवालयले जानकारी दिएको छ ।

ललिपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्न मन्त्री खरेलले राजीनामा दिन लागेका हुन । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने भएका छन ।