
काठमाडौं। स्पेनमा दुई वटा उच्च गतिको रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् ।
स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् ।
स्पेनको गृह मन्त्रालयले हालसम्म कम्तीमा २१ जनाको मृत्यु पुष्टि गरेको छ । एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको छ ।
दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ । कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा कम्तीमा सोमबारसम्म बन्द रहने एडीआईएफले जनाएको छ ।








प्रतिक्रिया