सामाजिक सुरक्षा कोषले योगदान सुरु गरेको एक वर्षमै ऋण दिने, कति लिन मिल्छ?


काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदान सुरु गरेको एक वर्षमै ऋण दिने भएको छ ।

कोषमा आबद्ध भई योगदान सुरु गरेकाे एक वर्ष भएका योगदानकर्तालाई विशेष सापटी स्वरुप ऋण दिने घोषणा सामाजिक सुरक्षा कोषले गरेको हो ।

कोषका अनुसार योगदानकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि अधिकतममा अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन सक्नेछन् ।

उक्त ऋणको ब्याजदर ५.२ प्रतिशत कायम गरिएको छ ।