एकैवर्ष पौने २ अर्बको तेल किनेपछि बुध्द एयरसँग आयल निगम खुसी, गर्‍यो सम्मान


काठमाडौं । आन्तरिक वायु सेवामा सबैभन्दा धेरै हवाई इन्धन खपत गरिदिएको भन्दै नेपाल आयल निगम बुध्द एयरप्रति खुसी भएको छ । बुध्दले आन्तरिक वायुसेवामा सबैभन्दा बढी इन्धन खपत गरिदिएको भन्दै आयल निगमले शनिबार सम्पन्न ५६ औं वार्षिकोत्सवमा एयरलाइन्सलाई प्रशंसापत्रसमेत दिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी इन्धन खपत गरेर निगमको व्यापार बृद्धिमा योगदान दिएको भन्दै बुध्द एयरलाई करपत्र प्रदान गरिएको निगमले जनाएको छ ।

बुध्य एयर आन्तरिक वायुसेवामा सबैभन्दा बढी यात्रुसेवा दिने र जहाज संख्याका हिसावले पनि सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । यो वायुसेवाले गत चैतसम्मको एक वर्षमा १ करोड ३५ लाख लिटर हवाई इन्धन खपत गरेको थियो ।

उक्त इन्धन खरिद गर्न बुध्दले १ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको आयाल निगमले उपलब्ध गराएको तथ्यांमा देखिएको छ ।

सो अवधिमा श्री एयरलायन्सले ८० लाख ७० हजार लिटर इन्धन खपत गरेको थियो । उक्त इन्धन खपत गरेवापत श्रीले १ अर्ब ३ करोड रुपैयाँ खर्च गरेर आन्तरिक वायुसेवामा दोस्रो धेरै इन्धन खपन गर्ने वायुसेवा भएको छ ।

यो अवधिमा यति एइसलाइन्ले ४९ लाख लिटर इन्धन खपत गरेको र यसका लागि ६३ करोड १६ लाख रुपैयाँ खर्च गरेको पनि तथ्यांकले देखाएको छ ।

चैत २०८१ को एक वर्षमा आन्तरिक वायुसेवा कम्पनीले खपत गरेको हवाई इन्धनको विवरण