
काठमाडौं । गत आर्थिक वर्षमा सर्वाधिक हवाई इन्धन खपत गर्ने अन्तर्राष्ट्रिय उडानतर्फ सरकारी स्वामित्वको नेपाल एयरलाइन्स पहिलो स्वदेशी कम्पनी बनेको छ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने ४० एयरलाइन्स कम्पनीमध्ये सबैभन्दा बढी नेपाल एयरलाइन्सले सबैभन्दा बढी हवाई इन्धन (एटीएफ) खरिद गरी खपत गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी हिमालयन एयरलाइन्सले हवाई इन्धनको खरिद गर्नुका साथै खपत गरेको थियो । नेपाल एयरलाइन्स शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो ।
नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोका प्रमुख प्रदिप यादबका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल एयरलाइन्सले बाह्य उडान गर्न र बाह्यबाट स्वदेश फर्कन २ अर्ब ६८ करोड २५ लाख रुपैयाँबराबरको २ करोड २ लाख ४५ हजार लिटर हवाई इन्धन खरिद गरि खपत गरेको थियो । यो परिमाणमा खरिद र खपत भने बाह्य उडानको हकमा मात्रै हो । आन्तरिक उडानतर्फ भने नेपाल एयरलाइन्सले छुट्टै खरिद र खपत गर्दैआएको छ ।
गत आर्थिक वर्षमा दोस्रोमा सबैभन्दा बढी खरिद र खपत गर्ने अर्को जहाज कम्पनीमा हिमालय एयरलाइन्स परेको छ । नेपाली र चिनियाँ लगानीको संयुक्त वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले गत् आर्थिक बर्ष २०८१/८२ मा २ अर्ब ६२ करोड २५ लाख रुपैयाँबराबरको १ करोड ९७ लाख ३४ हजार लिटर हवाई इन्धन खरिद गरी खपत गर्दैआएको छ ।
हिमालय एयरलाइन्सले ल्हासा, दुबई, कुवेत, दमाम दोहा, युएईको अवुधावी, मलेसियालगायतका स्थानमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सपछि तेश्रोमा सर्बाधिक हवाई इन्धन खरिद गर्ने र खपत गर्ने जहाज कम्पनीमा कतार एयरलाइन्स परेको छ । कतार एयरलाइन्सले नेपालमै अत्यधिक परिमाणमा हवाई इन्धन खरिद गरेको हो ।
यो एयरलाइन्सले १ अर्ब ८१ करोड २० लाख रुपैयाँबराबरको १ करोड ३६ लाख ९९ हजार लिटर हवाई इन्धन खरिद गरेको हो । कतार एयरलाइन्सपछि अत्यधिक हवाई इन्धन खरिद गर्नेमा एयर अरेबीया परेका छन् । यो कम्पनील १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँको १ करोड २७ लाख लिटर हवाई इन्धन खरिद गर्नुको साथै खपत पनि गरेको छ ।
यसैगरी फ्लाई दुवईले १ अर्ब ४४ करोड ३३ लाख रुपैयाँको १ करोड ९ लाख लिटर खरिद गरेको छ । यस्तै टर्किस एयरलाइनसले १ अर्ब ३७ करोड ३ लाख रुपैयाँको १ करोड ३ लाख लिटर खरिद गरेको छ ।
हवाई इन्धन डिपोकाअनुसार जजिरा एयरलाइन्सले ६४ करोड ३० लाख रुपैयाँको ४८ लाख ५५ हजार लिटर, ४५ करोड ९२ लाख रुपैयाँको इण्डियन एयरलाइन्सले ३४ लाख ६१ हजार लिटर, इण्डिगो एयरलाइन्सले ३६ करोड ६० लाख रुपैयाँको २७ लाख ५० हजार र थाई एयरलाइन्सले ३१ करोड २ लाखको २३ लाख २३ हजार लिटर हवाई इन्धन खरिद गरी खपत गरेको छ ।
८ एजेण्टबाट २१ जहाज कम्पनीले साढे ५ अर्बको खरिद गरे
सिनामंगल डिपोका अनुसार अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमध्ये १९ कम्पनीले डिपोबाट आफैंले हवाई ईन्धन खरिद गरेपनि बाँकी २१ विभिन्न अन्तर्राष्ट्रिय उडानका जहाज कम्पनीहरुले ८ वटा एजेण्ट कम्पनीमार्फत हवाई इन्धन खरिद गर्दैआएका छन् ।

यसअनुसार ८ वटा एजेण्ट कम्पनीमार्फत गत् आर्थिक बर्षमा २१ विमान कम्पनीले ५ अर्ब ५६ करोड ५८ लाख ३८ हजार रुपैयाँबराबरको ४ करोड २० लाख ७३ हजार ५७९ लिटर हवाई इन्धन खरिद गरि खपत गरेका छन् । यस्तो एजेन्ट कम्पनीले हवाई इन्धन डिपोबाट इन्धन खरिद गरी अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई बिक्री गर्दैआएको छ ।
यसअनुसार सबैभन्दा बढी एभिएसन सर्भिस म्यानेजमेन्ट(एफजेडई) मार्फत ३ अर्ब ४४ करोड ३९ लाख ८६ हजार रुपैयाँको २ करोड ६१ लाख २ हजार लिटर हवाई इन्धन जहाज कम्पनीलाई बिक्री गरेको छ ।
एभिएसन सर्भिस म्यानेजनमेन्ट(एफजेडई) बाट चाइना इस्टर्न, एयर चाइना, क्याथे प्यासेफिक, मालिन्दो एयर, इथोपियन एयरलाइन्स(युएन), थाई लायन, सलाम एयर, मलेसियन एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, बतिक एयर र विस्तारा एयरलाइन्सले हवाई इन्धन खरिद गर्दैआएको छ ।
यसपछि एशोसिएटेड इनर्जी ग्रुपमार्फत ८० करोड ४५ लाख ४३ हजार रुपैयाँको ६० लाख १२ हजार लिटर हवाई इन्धन बिक्री भएको छ । यो ग्रुपमार्फत कुवेत एयरलाइन्स, टिवेत एयरलाइन्स, युनिटप एयरवेज, श्रीलंकन एयर, रोयल थाई एयर फोर्स र सिचुवान एयरले हवाई इन्धन खरिद गर्दै आएका छन् ।
एएमएल ग्लोबलमार्फत ६६ करोड ६३ लाख ३२ हजार रुपैयाँबराबरको ५० लाख १० हजार लिटर बिक्री भएको छ । एएमएल ग्लोबलबाट युएस डिर्पाटमेन्ट अफ डिफेन्स र कोरिएन एयरलाइन्सले इन्धन खरिद गर्दैआएको छ ।
यसैगरी वर्ल्ड फ्युल सर्भिसमार्फत ४ करोड २३ लाख १७ हजार रुपैयाँको ३ लाख २३ हजार लिटर हवाई इन्धन बिक्री भएको छ । यो सर्भिसबाट एयर चार्टर, सिल्क एयर र वतानिया एयरवेजले हवाई इन्धन खरिद गर्दैआएको छ ।
युनिकेन इन्टरनेशनल(युआईपीसीसी) मार्फत ५४ करोड ९१ लाख ९३ हजार रुपैयाँको ४१ लाख ६२ हजार लिटर हवाई इन्धन बिक्री भएको छ । युआईपीसीसीबाट चाइना साउथर्नले हवाई इन्धन खरिद गर्दैआएको छ ।
यसबाहेक काठमाडौंस्थित भारतीय दूतावासले समेत ठूलो परिमाणमा हवाई इन्धन खरिद गरेको छ । यो दूतावासले ४ लाख ५५ हजार रुपैयाँको ३२ लाख ५० हजार लिटर हवाई इन्धन सिनामंगल डिपोबाट खरिद गरेको छ । यस्तै विभिन्न विशिष्ट व्यक्तिहरु (भिभिआईपी) को लागि हुने उडानको लागि १ करोड १३ लाख ६ हजार रुपैयाँबराबरको ८७ हजार लिटर हवाई इन्धन बिक्री भएको छ ।
आन्तरिक विमानतर्फ बुध्द एयरले बाजी मार्यो
गत आर्थिक बर्षमा आन्तरिक विमान कम्पनीतर्फ सबैभन्दा बढी मूल्यको हवाई इन्धन खरिद गर्नेमा बुध्द एयरलाइन्स दरिएको छ।
यो कम्पनीले आन्तरिक र बाह्य उडानका लागि १ अर्ब ७३ करोड ५७ लाख १९ हजार रुपैयाँको १ करोड ३५ लाख ७५ हजार लिटर हवाई इन्धन खरिद गरि खपत गरेको छ ।
यसपछि दोस्रोमा श्री एयरलाइन्सले १ अर्ब ३ करोड १० लाख रुपैयाँको ८० दाख ७० हजार लिटर, तेश्रोमा यति एयरलाइन्सले ६३ करोड १६ लाख ९० हजार रुपैयाँको ४९ लाख ५१ हजार लिटर, कैलाश हेलिकप्टर कम्पनीले ५ करोड ४० लाख ६१ हजार रुपैयाँको ४ लाख २७ हजार लिटर हवाई इन्धन खरिद गरी खपत गरेको छ ।

यस्तै सिता एयरले ३ करोड ६१ लाख ६० हजारको २ लाख ८४ हजार लिटर, सिम्रिक एयरले २ करोड ८८ लाख ४३ हजार रुपैयाँको २ लाख २८ हजार लिटर, मनाङ्ग एयरले ३ करोड ४ लाख ८५ हजार रुपैयाँको २ लाख ४० हजार लिटर, हेलि एभरेष्टले ४ करोड ६८ लाख ५३ हजार रुपैयाँको ३ लाख ६९ हजार लिटर, एयर डायनेष्टीले ४ करोड ३० लाख ३१ हजार रुपैयाँको ३ लाख ४१ हजार लिटर, अल्टिट्युट एयरले ४ करोड ४ लाख १३ हजार रुपैयाँको ३ लाख १९ हजार लिटर, समिट एयरले ३ करोड २१ लाख ९६ हजार रुपैयाँको २ लाख ५४ हजार लिटर र नेपाल एयरलाइन्सले २ करोड ८६ लाख ५७ हजार रुपैयाँको २ लाख २८ हजार लिटर हवाई इन्धन खरिद गरेको छ ।
डिपोले बिक्री गर्यो झण्डै २३ अर्बको हवाई इन्धन
सिनामंगलस्थित हवाई इन्धन डिपो नेपालको सबैभन्दा ठूलो हवाई इन्धन डिपो हो । यो इन्धन डिपोले गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब ९३ करोड ५७ लाख रुपैयाँबराबरको १७ करोड ४२ लाख १४ हजार ७१५ लिटर हवाई इन्धन बिक्री गरेको छ ।
यो इन्धन बिक्रीबाट सरकारले भने ३ अर्ब ४४ करोड १८ लाख ८१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ भने ४४ करोड ७४ लाख ४४ हजार रुपैयाँ भ्याट वापत रकम सरकारले असुल गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा यो डिपोले २२ अर्ब ८२ करोड ५९ लाख ८४ हजार ३ सय ७५ रुपैयाँबराबरको १६ करोड ५९ लाख ३ हजार १ सय ४७ लिटर हवाई इन्धन बिक्री गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा यो हवाई इन्धन बिक्रीबाट सरकारले विभिन्न करबापत ३४ अर्ब ३ करोड ७७ हजार राजस्व असुल गरेको थियो भने मूल्य अभिवृद्धि करतर्फ ४४ करोड २४ लाख रुपैयाँ असुल गरेको थियो ।







प्रतिक्रिया