
काठमाडौं । गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित म्याट्रिक्स प्रालिको व्यापार ७ प्रतिशतले बढेको छ ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७ प्रतिशतले बढेको हो ।
सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ३५ करोड ८० लाख, सन् २०२३ मा १ अर्ब २७ करोड ८० लाख र सन् २०२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
नेपालमा गोदरेज ब्रान्डको एफएमसीजी वस्तु बेच्ने आधिकारिक बिक्रेता दुईवटा छन् । त्यसमध्ये सन् २०१८ मा स्थापना भएको म्याट्रिक्स प्रालि एक हो । म्याट्रिक्स प्रालि भारतीय कम्पनी गोदरेज कन्जुमर प्रोडक्ट्सको आधिकारिक वितरक हो । कम्पनीले देशका विभिन्न स्थानबाट कारोबार गर्ने गरेको छ ।
गोदरेज ब्रान्ड भन्ने बित्तिकै मस्क्यूटो रिपिलेन्ट, हेयर कलर र साबुन निकै प्रख्यात छ । कम्पनीको व्यापार यी तीन वटा वस्तुको कारोबारमा निर्भर रहेको छ । कम्पनीले गत अवामा गरेको व्यापारमा ९८ प्रतिशत हिस्सा तीन वटा वस्तुमा सीमित रहेको छ ।
आकाश गोल्छाको ६३ प्रतिशत र जयन्तकुमार अग्रवालको ३७ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया