ऊर्जामन्त्री घिसिङले दिए राजीनामा


काठमाडौं । अन्तरिम सरकारमा तीन वटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले राजीनामा दिएको र त्यसको घोषणा पत्रकार सम्मेलनमार्फत गर्दैछन् ।

उनले राजीनामा दिएको घोषणा गर्न बुधबार राति ९ बजेलाई पत्रकार सम्मेलन बोलाएका छन् ।