
काठमाडौं । भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले राजनीतिक अभिष्ट पूरा गर्न ९० प्रतिशत काम भएका ठेक्कासमेत तोडेको नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले आरोप लगाएका छन् ।
पूर्वाधार निर्माणको जिम्मा लिनुपर्ने मन्त्री कुलमान घिसिङ आफैंले नै निर्माण व्यवसायीलाई भिलेन ठानेर ठेक्का तोड्दै हिँडेको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा आयोजना गरेको ‘पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव’ नामक कार्यक्रममा ठेक्का राजनीतिक उद्देश्य पूरा गर्न तोडिएको बताए ।
कुनै निर्माण कम्पनीले काम गर्न नसके मात्र काम लगाउने निकाएले तोड्नुपर्ने ठेक्कामा मन्त्रीले जथाभावी ठेक्का तोड्नु बदनियत भएको उनको आरोप छ ।
उनले सार्वजनिक खरिद ऐन को दफा ८ अमानवीय भएकोले निर्माण व्यवसायीले काम गर्न नसकेको र यसलाइ सरकारले सहजीकरण गर्न नसकेको बताए ।
उनले ९० % ठेक्का सरकारकै कमजोरीले तोडिने गरेकोमा आरोप भने व्यावसायीलाई लाग्ने गरेको पनि बताए ।








प्रतिक्रिया