महाराजगञ्जमा निर्माणाधीन लक्जरियस अपार्टमेन्ट ५७% बुकिङ, सञ्चालनमा कहिले आउला ?


काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनीजले महराजगञ्जमा निर्माण गरिरहेको कर्मा रेसिडेन्सको ५७ प्रतिशत बुकिङ भएको पाइएको छ ।

कम्पनीले रेटिङमार्फत् डिसेम्बरसम्ममा ५७ प्रतिशत अपार्टमेन्टको बुकिङ भएको जनाएको हो ।

कम्पनीको हालसम्ममा ७८ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । सन् २०२० मा स्थापना भएको कम्पनीले १ सय ६२ वटा युनिटको लक्जरियस अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

कम्पनीले उक्त अपार्टमेन्ट कर्मा रेसिडेन्सको नाममा सञ्चालन ल्याउनेछ । कम्पनीले २.५ बीएचके र ३.५ बीएचकेको अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

निर्माण भइरहेको अपार्टमेन्ट आगामी वर्षदेखि सञ्चालनमा ल्याउने योजना बनाएको छ । कर्मा तेन्जिङको ९४ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ८ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।