दिगो इ-स्टप कुरिनटारमा केएफसीको आउटलेट, २५ प्रतिशत विशेष छुट

28
Shares

काठमाडौं । दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो इ–स्टप ले आज कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसी को नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ ।

उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५ प्रतिशत विशेष छुट उपलब्ध गराइएको छ, जसले राजमार्गमा यात्रा गर्ने यात्रु र स्थानीय समुदायका लागि भोजन, विश्राम र सुविधा अनुभवलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।

दिगो इ(स्टप कुरिनटारमा आगमनले निजी र व्यवसायिक ईभी चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण र गुणस्तरीय भोजन सेवा उपलब्ध गराउँदै आएको छ । केएफसीको उद्घाटनले यसलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रको रूपमा अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।

दिगो ग्रुपका ग्रुप सिइओ सौरभ श्रेष्ठले भने, “कुरिनटारमा केएफसीउद्घाटनले यात्रुहरूको सुविधा, विकल्प र गुणस्तरीय सेवा एउटै स्थानमा उपलब्ध गराउने उद्देश्य पुरा गर्छ र दिगो इ–स्टपको व्यवसायिक क्षितिज विस्तार गर्छ ।”

कुरिनटारमा नयाँ आउटलेटको उद्घाटनले स्थानीय रोजगारी सिर्जना गर्नेछ भने, यातायात र यात्रा सेवा सम्बन्धी खर्चमा वृद्धि हुन सक्ने सम्भावना छ। कम्पनीका अनुसार, यो कदम स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

२५ प्रतिशत उद्घाटन छुटसहितको सेवा सीमित समयका लागि उपलब्ध रहेको छ, जसले यात्रु, परिवार र स्थानीय बासिन्दालाई स्वाद, सुविधा र आरामको नयाँ अनुभव लिन आमन्त्रित गरेको छ ।