
काठमाडौं । एथरका इलेक्ट्रिक स्कुटर किन्ने प्रक्रिया झनै सरल बनेको छ । एथरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जिका अनुसार, अब ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड) को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्नेछन् ।
यस परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । परिचय पत्रकै भरमा ग्राहकले ६ हजार ५८ रुपैयाँबाट सुरु हुने सरल किस्तावन्दि योजनमा स्कुटर खरिद गर्न सक्नेछन् ।
प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ । बढ्दो ग्राहक आधारलाई सहयोग गर्न एथरले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको छ ।
कम्पनीको हाल देशभर ८ वटा एथर एक्सपेरियन्स सेन्टर, एउटा टेष्ट राइड जोन, ८ वटा आधिकारिक सर्भिस सेन्टर २७ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्टहरु सञ्चालनमा छन् ।
स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवजस्ता विशेषताका कारण एथर नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित भएको छ ।
यस नयाँ पहलले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकसाथ जोड्दै नेपालमा ईभी अपनत्वलाई अझ तीव्र बनाउने एथरको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।








प्रतिक्रिया