
बुटवल । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम न्यू इयर्स इभ अन्डर द स्टार्स को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई स्वागत गरेको छ ।
२०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यो खुल्ला आकाशमुनिको उत्सवले होटेलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गरिदियो, जहाँ पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला परिकारहरूको मज्जा लिए ।
नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूले भरिभराउ उक्त कार्यक्रम आयोजकको प्रतिज्ञा बमोजिम नै एक पूर्ण ुआउटडोरु अनुभव सावित भयो ।
जाडोयामको खुल्ला आकाश र वरपरका पहाडहरूको दृश्यका बीच कार्यक्रम स्थललाई रङ्गीचङ्गी बत्तीहरूले सजाइएको थियो, जसले सन् २०२५ लाई बिदाई गर्न एक जादुयी माहोल सिर्जना गर्यो ।
कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५, प्राप्ति रानाभटले गरेकी थिइन् भने उनको आकर्षक प्रस्तुतिले रातभर माहोल जमाएको थियो ।
त्यस्तै, मनोरञ्जनका लागि विभिन्न कलाकारहरूको प्रस्तुति समावेश गरिएको थियो। साँझको सुरुवात ुराग एण्ड रिदमु ब्यान्डको सुमधुर लाइभ धुनबाट भयो भने डिनरको समयलाई थप रोमान्टिक बनाउन स्याक्सोफोनको विशेष प्रस्तुति रहेको थियो ।
रात छिप्पिदै जाँदा बेली डान्सको प्रस्तुतिले माहोलमा थप ऊर्जा थप्यो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमटिभी स्प्लिट्सभिलामार्फत ख्याति कमाएकी चर्चित सेलिब्रेटी डीजे सुबुही जोशीले स्टेज सम्हालिन् । उनले बलिउड र कमर्सियल हिट गीतहरूको इलेक्ट्रिफाइङ मिक्स बजाएर पाहुनाहरूलाई डान्स फ्लोरमा नचाएकि थिइन् ।
पाहुनाहरूले लाइभ बँदेलको बारबिक्यु सहितको भव्य बफे डिनर र अनलिमिटेड प्रिमियम मदिरा र पेय पदार्थको आनन्द लिएका थिए ।
साँझको उत्कर्ष मध्यरातको काउन्टडाउन थियो। घडीले १२ बजाउँनासाथ ठुलो स्वर र हुटिङका साथ स्विमिङ पुल परिसर गुञ्जायमान भयो र औपचारिक रूपमा सन् २०२६ को स्वागत गरियो ।








प्रतिक्रिया