
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले जेनजी प्रदर्शनले ठूलो मात्रामा नेपाली पुँजी पलायन भइरहेको बताएका छन्।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा महतले यस्तो बताएका हुन् ।
‘जेनजी आन्दोलनले हाम्रो लगानीको मानसिकता समाप्त गरेको छ । विदेशी लगानी भित्र्याउने विषय छेडौं,’ महतले भने, ‘अहिले नेपालभित्रकै पुँजी ठूलो मात्रामा विदेशिएको छ । यो स्थिति सुधार गर्न नसकेमा अर्थतन्त्र गम्भिर समस्यामा पर्नसक्छ ।’ उनले हाम्रो परिवर्तनको तरिकालाई बदल्न आवश्यक भएको बताए ।
‘प्रदर्शनका नाममा गरिएको आगजनी र लुटपाट निजी क्षेत्रको मात्रै सवाल होइन । यो आम जनतासँग जोडिएको विषय हो,’ महतले भने, ‘कानूनी शासनको व्यवस्थालाई सकारमा बस्ने र सरकार बाहिर बस्नेले पनि मान्ने कि नमान्ने भन्ने विषय महसुस गर्न आवश्यक छ ।’
उनले जेनजी प्रदर्शनले मनोवैज्ञानिक रुपमा सबैभन्दा धेरै क्षति पुर्याएको बताए ।








प्रतिक्रिया