भ्रष्टाचार नियन्त्रणका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यकः उपसभापति अर्याल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले भ्रष्टाचार नियन्त्रणका लागि सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक भएको बताएका छन् ।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा अर्यालले यस्तो बताएका हुन् ।

‘आजका लागि युवाशक्ति हाम्रो सबैभन्दा ठूलो शक्ति हो । रोजगारी सिर्जनादेखि विविध पक्षमा हामीले त्यसबाट फाइदा लिन सक्नुपर्दछ,’ अर्यालले भने, ‘आन्दोलनका नाममा जे–जति क्षेती भयो, त्यो दुःखद छ । तर, अब, युवालाई हामीले रोजगारी सिर्जना र उत्पादनमा लगाउन आवश्यक छ ।’ उनले निजी क्षेत्र रोजगारी सिर्जनाको मुख्य केन्द्र भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्दै लैजान आवश्यक भएको बताए ।

‘देश निर्वाचन केन्द्रीत भएको छ । यसका लागि सरकार, निर्वाचन आयोग र सम्बन्धीत पक्षलाई धन्यवाद दिन चाहान्छु,’ ढकालले भने, ‘अब नेपालको उच्च सम्भावना भएको पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग तथा नयाँ रोजगारी सिर्जना गर्ने स्टार्टअप र उद्यमको विकासमा हामी अगाडि बढ्न आवश्यक छ ।’

घरेलु तथा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत सुधारदेखि भ्रष्टाचार नियन्त्रणमा एकताबद्ध भएर अगाडि जानुपर्ने उनको तर्क छ ।

Skip This